• ‘जाजरकोट घटना निन्दनीय, जनप्रतिनिधि दण्डको भागिदार बन्नैपर्छ’

  • नेपाली कांग्रेसले जाजरकोटको जुहीचाँदेको घटना निन्दनीय भएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । ​

    ‘जाजरकोट जुहीचाँदेको घटना निन्दनीय छ l असहाय नागरिकलाई डोरीले बाँधेर निर्घात कुटपिट गर्ने जनप्रतिनिधि जुनै दलका हुन्, कानुनी दण्डको भागिदार बन्नैपर्छ’ उनले भनेका छन् ।

    उनले उक्त घटनालाई लिएर गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षणसमेत गराएका छन् । उनले यस्ता अमानवीय घटनालाई निरुत्साहित गर्न दल र समाजको ऐक्यवद्धता जरुरी रहेको पनि उल्लेख गरेका छन् ।

    ‘गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराउँदछु l यस्तो अमानवीय प्रवृत्ति निरुत्साहित गर्न दल र समाजको ऐक्यवद्धता जरुरी । यो प्रवृत्ति निरुत्साहित गर्न दल र समाजको ऐक्यवद्धता जरुरी’ उनले भनेका छन् ।

    जाजरकोट जुहीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले स्थानीय बालक प्रेम दमाईलाई सोमबार डोरीले बाँधेर कुटपिटका थिए ।

    सोमबार वडाध्यक्ष नेपालीसँग बाल पोषणको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा नेपालीले दमाईमाथि कुटपिट गरेका हुन् । अहिले उक्त घटनाको चौतर्फी निन्दा भइरहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय