![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/madhav-nepal.jpg)
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक डाकेका छन् । बुधबार राजधानी बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बिहान ११ बजे बैठक बस्दै छ ।
मंगलवार नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । सरकारमा आफ्नो पार्टीबाट सहभागी गराउने बारेमा भएको उक्त छलफल कुनै टुंगोमा नपुगेको बताइएको छ ।
नेता नेपाल सरकारमा सहभागी हुन सकारात्मक भए पनि पार्टीका अन्य नेताहरु तयार नभएको एमाले स्रोतको दाबी छ । सोही कारण नेता नेपालले सरकारमा सहभागी हुने बारे ठोस निर्णय गर्न सकिरहेका छैनन् ।
पार्टी एकताका लागि छलफल गर्न डाकिएको भनिएको उक्त बैठकमा उनी पक्षधर सबै केन्द्रीय सदस्यहरुको सहभागिता देशभरबाट हुने सम्भावना कम रहँदा बैठक सर्ने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ । दश बुँदे सहमतिको प्रस्तावलाई आधार मानेर एमाले पार्टीमा एकता हुने भनिए पनि नेता नेपालले उक्त सहमति प्रस्तावलाई स्वीकारेका छैनन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)