![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/esports_shanghai.jpg)
एजेन्सी। चीनमा सरकारी सञ्चारमाध्यमले अनलाइन गेमलाई ‘विद्युतीय लागुपदार्थ’ को सङ्ज्ञा दिएपछि देशका दुई ठूला अनलाइन गेमिङ कम्पनीको शेयर मूल्य घटेको छ।
हङ्कङको शेअर बजारमा भएको कारोबारमा टेन्सेन्ट र नेटईजका शेयरको मूल्य १०% भन्दा बढीले घटेको थियो। तर पछि तिनको मूल्यमा केही सुधार आएको थियो।
केही महिनादेखि चीन सरकारले प्रविधि तथा निजी शैक्षिक उद्योगलाई कडिकडाउ गर्न विभिन्न उपायहरू घोषणा गरेको छ।
राज्यद्वारा प्रकाशित इकोनमिक इन्फर्मेशन डेलीमा आएको एउटा सामग्रीमा किशोरकिशोरी अनलाइन गेमको दुर्व्यसनी बनेका र त्यसबाट उनीहरूमा नराम्रो प्रभाव परेको उल्लेख छ। उक्त पत्रिका सिन्ह्वा समाचारसंस्थासँग सम्बद्ध छ।
टेन्सेन्टको लोकप्रिय गेम ‘अनर अफ किङ्स’ लाई इङ्गित गर्दै उक्त आलेखमा विद्यार्थीहरूले दैनिक आठ घण्टा उक्त गेम खेल्ने गरेको उल्लेख गरेको छ। त्यसमा अनलाइन गेम उद्योगमाथि नियन्त्रण गर्नुपर्ने आग्रह गरिएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)