

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा.जागेश्वर गौतमसहित चार जनाको सरूवा रोकेका छन्। उनीहरूको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले स्थगित गरेका हुन्।
स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले डा.गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई पठाएका थिए।
यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा.विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा.रिता भण्डारीलाई पठाउने निर्णय गरेका थिए।
प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएका हुन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
