• थप ३,१२५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षणमा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने १ हजार ९२५ जना निको भएका छन्।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ। तीमध्ये ९ हजार ८९८ जनाको मृत्यु भएको छ भने हालसम्म ६ लाख ५८ हजार १२२ जना निको भएका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय