• उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    सर्वोच्च अदालतमा आज दायर गरेको रिटमा उनले यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगले ११ साउनमा गरेको निर्णय बदर गर्न माग गरेका छन् ।

    आयोगले ११ साउनमा जसपा कार्यकारिणी समितिको बहुमत परीक्षण गरेको थियो । जसमा यादवको पक्षमा बहुमत (३४ सदस्य) उभिएका थिए भने ठाकुरको पक्षमा १६ जना मात्रै देखिएका थिए ।

    बहुमत सदस्यले साथ दिएपछि निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको थियो ।

    आयोगको निर्णयले आफूहरु अन्यायमा परेको भन्दै ठाकुरले रिटमा १ असार २०७८ मा आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने माग गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस