![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Covid-vaccine-khop.jpeg)
काठमाडौं । आजदेखि काठमाडौं उपत्यकास्थित तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाका ३२ वडा पिच्छे खोप केन्द्र रहनेछन् भने अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।
जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशि, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु छन् ।
५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप लगाइने भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय