• जसपाको महन्थ ठाकुर पक्ष आगामी रणनीतिबारे छलफलमा

  • काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर पक्ष आगामी रणनीतिबारे छलफलमा जुटेको छ।

    सोमबार निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यको सनाखतपछि बहुमत सिद्ध गरेका उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि ठाकुर पक्षका संघीय संसद र प्रदेशसभाका काठमाडौंमा उपलब्ध सांसदहरुबीच छलफल सुरु भएको छ।

    निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि कसरी अघि बढने भन्ने विषयमा आफूहरुबीच छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

    यद्यपि ठाकुर पक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने नजाने भएको छ।
    ‘सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी नहुने नेता कर्णले बताए।

    सोमबार ५१ जना केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरु मध्ये ३४ जनाले समर्थन गरेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय