काठमाडौं। पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन्।
मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गरेको हो।
पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुखबाट राजीनामा दिनुपरेको थियो।
यद्यपि पीडित भनिएकी महिलाले जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको बयान दिएकी थिइन्। सो मुद्दामा जिल्ला अदालतले सफाइ दिएको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय