• प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

  • मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल शुरु भएको छ । जसपाको आधिकारिकता उपेन्द्र यादवले पाएलगत्तै मन्त्रिपरिषद् विस्तारका विषयमा गठबन्धनका शीर्ष नेताहरूबीच छलफल शुरु भएको हो ।

    यिनै विषयलाई लिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

    आज बिहान भएको भेटमा उनीहरूबीच मन्त्रिपरिषद् विस्तार, न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा कुराकानी भएको छ । देउवाको मन्त्रीमण्डलमा हालसम्म चार जना मन्त्री र एक जना राज्यमन्त्री मात्रै छन् ।

    प्रचण्डसँग छलफल गरेलगत्तै प्रधानमन्त्री देउवा कांग्रेस पदाधिकारी बैठकका लागि बूढानीलकण्ठतर्फ लागेका छन् । पार्टीमा पनि सरकार विस्तारका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।

    प्रधानमन्त्री द‍ेउवालाई भेट्नअघि प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर आफ्नो कारण बनेको सत्ता गठबन्धनलाई सघाएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । नेपाललाई भेट्न मंगलबार बिहानै प्रचण्ड कोटेश्वर पुगेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय