• सिता दाहाल भेटेका देउबा र पौडेलप्रति सूर्य थापाले गरे टिप्पणी

  • काठमाडौं । पीएसपी रोगका कारण अस्वस्थ रहेकी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सिता दाहालको स्वास्थ्य लाभ गर्नेहरू प्रचण्ड निवास पुग्ने गरेका छन् । माओवादीका नेता तथा कार्यकर्ताका साथै विभिन्न दलका नेता तथा कार्यकर्ताहरू पनि उनको स्वास्थ्य लाभको कामना गर्दै खुमलटार पुग्नछन् ।

    सोही क्रममा दाहालको स्वास्थ्य लाभको कामना गर्न केही दिनअघि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा खुमलटार पुगेका थिए भने आज नेता रामचन्द्र पौडल गएका थिए । स्वास्थ्य लाभको कामना गर्दै सिता दाहाललाई भेट गरेको विषयलाई लिएर एमाले नेता सूर्य थापाले दुबैको आलोचना गरेका छन् ।

    उनले दुबै नेतालाई कृपामा सरकारमा पुगेपछि गरिएको स्वास्थ्य लाभको कामना भनेका छन् । सोमवार ट्वीटरमा उनले लेखेका छन्, ‘स्वास्थ्यलाभको कामना गर्नु मानवीय पक्ष हो । मानवीय व्यवहार विपक्षमा रहँदा एकखालको र कृपाले सरकारमा पुग्दा अर्को खालको हुँदैन ।’ उनले यसलाई ‘सत्ताधारी चाला’ को सज्ञा पनि दिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय