• १० दिनदेखि हराइरहेकी धादिङकी एक युवती मृत भेटिइन्

  • काठमाडौं। धादिङमा १० दिनदेखि बेपत्ता भएकी एक युवती मृत भेटिएकी छन्।

    गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव फेला परेको गजुरी प्रहरीले जनाएको छ।

    युवतीको शव सडेको अवस्थामा बरामद भएको छ। शब पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्नेछ। घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस