• धरहरामा आइफेल टावरमा जस्तै हावा आयो : प्रधानमन्त्री ओली

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरालाई फ्रान्सको आइफेल टावरसँग तुलना गरेका छन् ।

    शनिबार उनले पुनर्निर्मित सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा फ्रान्सको आइफेल टावर चढेजस्तै अनुभव भएको र त्यसको २० औं तलामा त्यहाँको जस्तै हावा आएको अनुभव भएको बताए ।

    उनले ऐतिहासिकस्थल पुनर्निर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए ।

    ‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी पुनर्निर्माण भएको सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भयो,’ उनले भने, ‘यो काठमाडौं र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ ।’

    ‘म बनाउँछु, मेरो धरहरा’ अभियानअन्तर्गत २४ करोड रुपैयाँ जम्मा भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । २०७२ साल वैशाख १२ गते आएको भूकम्पका कारण धरहरा ढलेर क्षतिग्रस्त भएको थियो ।

    धरहरा ढल्दा निधन भएका ६० जनाको परिवारका एक÷एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने प्रधानमन्त्रीले घोषणा गरे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय