• मुलुकको समृद्धिका लागि ठूला पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : मन्त्री नेम्वाङ

  • काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मुलुकको समृद्धिका लागि ठूला भौतिक पूर्वाधार निर्माणलाई गति दिनुपर्ने बताएका छन् ।

    नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्वाङले देशको विकासका लागि ठूला भौतिक पूर्वाधार निर्माणमा जोड दिएका हुन् ।

    मुलुकमा नयाँनयाँ सुरुङमार्ग, रेलमार्ग, एयरपोर्ट, सिँचाई आयोजना निर्माणको चरणमा रहेको उल्लेख गर्दै उनले यस्ता पूर्वाधार निर्माणमा इन्जिनियरिङ क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय