![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Covid-vaccine-khop.jpeg)
काठमाडौं । धादिङमा कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएर फर्किएका एक वृद्धको मृत्यु भएको छ। यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन।
धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको करिब सवा २ घण्टा पछि मृत्यु भएको हो ।
सुनौलो बजार स्वास्थ्य केन्द्रमा बिहान साढे ११ बजे तिर खोप लगाएर आधा घण्टा जति खोप केन्द्रमै आराम गरेर घर गएका उनी एक घन्टापछि बेहोस भएका थिए ।
स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ लगिएका उनको उपचारकै क्रममा दिउँसो मृत्यु भएको हो। उनी क्रोनिक डाइबेटिजका बिरामी भएको बताइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय