![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/07/Arrest.jpg)
दाङ। बाघको छाला बोकी हिँडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ।
जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए।
अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला खटिएका प्रहरी टोलीले शंका लागि खानतलासी गर्दा पाँच फिट दुई इन्च लामो बाघको छाला ४ इन्च लामो नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय