• जोन्सनको खोप काठमाडौंमा १८ वर्ष माथिकालाई पनि दिइने

  • काठमाडौं। काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउन पाउने भएका छन्।

    यसअघि यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपांगता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाइएको थियो।

    तर दुई दिनसम्म लगाउँदा खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिकालाई पनि दिइने निर्णय गरिएको हो।

    काठमाडौंलाई स्वास्थ्य सेवा विभागले १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप दिएको थियो। तर दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी भएपछि १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय गरिएको हो।

    अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत गत असार २८ गते एक डोज मात्रै लगाए हुने जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय