• ओली पक्षका सात सांसद थपिए राष्ट्रपतिलाई महाअभियोग लगाउन सकिने

  • काठमाडौँ । एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ ।

    विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १ सय ७३ जनाको समर्थन छ । केपी ओली पक्षका बाँकी सात थान सांसदलाई मन्त्री बनाइदिएपछि राष्ट्रपति हटाउन मुस्किल नपर्ने महेश बस्नेतको भनाइ थियो । र, प्रतिनिधिसभा पुनस्र्थापना भएकै रात राष्ट्रपतिद्वारा भलाकुसारी गरिएका तीन पात्रमा केपी ओली, ईश्वर पोखरेल र यिनै महेश बस्नेत थिए ।

    यो समाचार जनआस्था साप्ताहिकमा छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय