![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Corona-Virus.jpg)
काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ हजार ५९५ जना निको भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ। तीमध्ये ९ हजार ६०७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर सक्रिय संक्रमित २६ हजार ४१९ जना रहेका छन्। जसमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा छन् भने २ हजार ५८५ जना संस्थागत आइसोलेसनमा छन्। संक्रमितमध्ये ५९२ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)