• एमालेले देउवालाई विश्वासको मत दिने सांसदसँग माग्यो २४ घण्टे स्पष्टीकरण

  • काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकले फ्लोर क्रस गर्नु पार्टी अनुशासन र जनमत विपरित भएको भन्दै देउवालाई मत दिने २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

    उनले स्पष्टीकरणको जवाफका आधारमा पार्टीले चाल्ने थप कदम तय हुने बताए।
    आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना सांसदले पक्षमा मतदान गरेका थिए।

    देउवालाई माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, बिना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले मत दिएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय