काठमाडौँ । आफ्नो पार्टीको सरकार ढालेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संसदबाट उल्लेख्य मात्रामा विश्वासको मत पनि पाएपछि नेकपा एमालेका महासमचिव ईश्वर पोखरेल आक्रोशित भएका छन्।
यसलाई उनले लामो समयदेखि जारी अराजनीतिकरअनैतिक भद्दा नाटकको पटाक्षेप भनेका छन्। साथै देखापरेका खलनायक र विदुषकलाई म्रोसँग चिन्न आह्वान पनि गरेका छन्।
‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनीतिकअनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ,’ देउवाले विश्वासको मत पाएको रात आइतबार एमाले महासमचिव पोखरेललले सामिाजक सञ्जालबाट आक्रोश पोखेका छन्, ‘कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदुषकबारे भ्रममा नपरौं। सबैले राम्ररी चिनौं।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।