काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले संसद् जोगाएकोमा खुसी व्यक्त गर्दै अब पार्टी जोगाउने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता भुसालले आफूहरु ठूलो दुर्घटनामा परेको भन्दै अब उठेर धुलो टक्टक्याउँदै अगाडि बढ्ने बताएका हुन् ।
‘संसद् जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं’ उनले फेसबुकमा लेखेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय