• देउवाले विश्वासको मत लिने भएपछि आन्तरिक छलफलमा जुट्यो माधव पक्ष

  • प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्स्थापित संसद्को पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आन्तिरक छलफलमा जुटेकको ।

    छलफलका लागि नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा पुगेका छन् ।

    प्रधानमन्त्री देउवाले दिउँसो चार बजे बस्ने पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक विश्वासको मत लिँदै छन् । देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ ।

    माधव पक्षका केही नेताहरूले देउवालाई विश्वासको मत दिने बताए पनि यसबारे निर्णय भएको छैन । नेकपा एमालेको ओली पक्षले देउवालाई विश्वासको मत नदिने यसअघि नै स्पष्ट पारेको छ ।

    कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, राष्ट्रिय जनमोर्चाका १ र जसपा उपेन्द्र यादवका १७ जना सांसद प्रधानमन्त्री देउवाको पक्षमा छन् । उनका लागि ८ मत अपुग हुन्छ । माधव पक्षका ८ सांसदले मत दिए देउवाले विश्वासको मत पाउने छन् ।

    एमालेको नेपाल पक्षका २३ सहित १४६ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट हालेपछि तत्कालीन प्रधानमन्त्रीबाट केपी शर्मा ओली पदमुक्त भएका थिए । सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय