• जसपा संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत, महन्थ पक्षका पाँच सांसदले छाडे साथ

  • काठमाडौं। जसपाको केन्द्रीय कार्यकारिणी समितिमा बहुमतमा रहेका उपेन्द्र यादव–बाबुराम भट्टराई समूह अब संसदीय दलमा पनि बहुमतमा पुगेको छ।

    महन्थ ठाकुर पक्षका पाँचजना सांसद उपेन्द्र यादव पक्षमा गएसँगै दुवैतिर यादव–भट्टराई समूह बहुमतमा पुगेकाे हो। पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेका बेला जसपाको समीकरणमा देखिएको यो फेरबदललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    यसअघि ठाकुर पक्षमा रहेका प्रमोद साह,अमृता अग्रहरी, रानी मण्डल,नरमाया ढकाल र रुही नाज शनिबार उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भए ।

    जसपाका ३२ जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० जना र उपेन्द्र यादवको पक्षमा १२ जना थिए। पाँच जनाले उपेन्द्र यादव समूहलाई साथ दिएपछि उनको पक्षमा १७ जना पुगेका छन् भने महन्थ पक्षमा १५ जनामात्रै भएका छन्।

    महन्थ ठाकुर लोकतन्त्रको हत्या गर्ने पक्षमा उभिएकाले आफूहरु यादव पक्षमा लागेको सांसद साहले बताएका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय