• बालुवाटार सरे प्रधानमन्त्री देउवा

  • प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारमा सरेका छन् ।

    बिहान ९ बजेर ५७ मिनेटको साइतमा देउवा निजी निवास बुढानीलकण्ठबाट बालुवाटार आएका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार बिदाइ गरेको बालुवाटारले नवनियुक्त प्रधानमन्त्री देउवाको आज स्वागत गरेको हो ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए। प्रधानमन्त्रीको शपथ लिएपछि उनी बूढानीलकण्ठस्थित निवासमै बस्दै आएका थिए।

    यसैबीच कांग्रेसको पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने भएको छ । पार्टी कार्यालय ललितपुर सानेपामा कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस