• विप्लवले भेटे बाबुराम भट्टराईलाई

  • नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले आज बिहान पूर्वसहयोद्धा तथा जसपा अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेका छन् ।

    अर्का नेता धर्मेन्द्र बास्तोलासहित भट्टराई निवास पुगेका विप्लवले हिसिला यमीसहितको छलफलमा पछिल्ला राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका थिए ।

    अघिल्लाे सरकारसँग भएका तीनबुँदे सहमति कार्यान्वयनका लागि विप्लवले सत्ता साझेदार दलका नेताहरूसँगको भेटवार्ता बाक्लो बनाएका छन् । यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग उनीहरूकै निवासमा पुगेर भेटवार्ता गरेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस