काठमाडौं । लामो दूरीको सार्वजनिक यातायात खुल्ला गर्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ ।
आज दिउँसो १ बजे काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निर्णय हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार लामो दुरीका सार्वजनिक यातायात खोल्ने या नखोल्ने भन्नेमा आज निर्णय हुनेछ । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् ।
फेरि कोरोना संक्रमण बढ्दै गएपनि खोप लगाउने क्रम पनि बढेकाले अझै खुकुलो बनाएर जनजीवनसँगै आर्थिक जीवन पनि सहज बनाउने भन्नेमा तीने जिल्लाका प्रजिअहरु एकमत छन् । उद्यपी यसको आधिकारिक निर्णय काठमाडौँ जिल्ला प्रशासनमा आज बस्ने बैठकले टुंगो लगाउने उनले बताए ।
काठमाडौँ उपत्यकाभित्र २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात यसअघिबाटै चलिरहेका छन् । बैशाख १६ गते देखि जारी निषेधाज्ञा असार ३१ गते (आज) राति १२ बजे सकिंदै छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।