सरकारमा पठाउने मन्त्रीहरूको नाम छान्न जनता समाजवादी पार्टी (जसपा) को बैठक बस्दै छ । सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो।
जसपा कार्यकारिणी सदस्य रामसहाय यादवले काठमाडौंमा उपलब्ध सदस्यहरूसँग बसेर छलफल गर्न लागिएको जानकारी दिए । माओवादी केन्द्र, जसपालाई समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन्।
सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने छ।सरकारमा सहभागिताबारे निर्णय गर्न बिहानैदेखि कांग्रेस, माओवादी र जसपाका नेताहरू आन्तरिक परामर्शमा जुटेका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।