• राष्ट्रियसभाको चालु अधिवेशन ११ दिनमै अन्त्य

  • काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी छन्।

    नेपालको संविधानबमोजिम राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेकी हुन्।

    राष्ट्रियसभाको आजको बैठकले असार २९ गते दिनको ३ बजे बस्ने गरी निर्धारण भएको बैठकसमेत स्वतः अन्त्य भएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।

    राष्ट्रियसभाको चालु आठाैं अधिवेशन यही असार १७ गते आह्वान भएको थियो। अधिवेशनका क्रममा बसेका छ वटा बैठकमा सांसदहरुले मुलुकको समसामयिक राजनीतिक स्थिति, बाढीपहिरो र कोभिड–१९ लगायत जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय