• काठमाडौं आइपुग्यो अमेरिकाले पठाएको १५ लाख डोज खोप

  • अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत दिन लागेको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ।

    अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज बिहान ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देव चन्द्रलाल कर्णले जानकारी दिए।

    त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे।

    अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ। जोन्सन एण्ड जोन्स खोप कुन उमेर समूहका लाई दिनेबारे मन्त्रालयले निर्णय गरिसकेको छैन।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले भने छुटेका र जोखिमयुक्त समूहका नागरिकलाई प्राथमिकतामा राखेर यो खोप लगाउने तयारी भइरहेको जानकारी दिएका छन्। स्रोतका अनुसार जोनसन एण्ड जोनसन खोप शिक्षक र कर्मचारीलाई प्राथमिकतामा राखेर लगाउने तयारी भइरहेको छ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले कोभिडविरुद्धको यो खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको जनाएको छ। खोपका लागि नेपालले विगत लामो समयदेखि अमेरिकलाई आग्रह गर्दै आएको थियो।

    अहिलेसम्म नेपालले चीन र भारतबाट ल्याइएका खोप दिँदै आएको छ। अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल भइरहेको सरकारले जनाएको छ। प्रधानमन्त्री केपी ओलीले सन् २०२१ भित्रै सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने दाबी गरेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस