काठमाडौं । नेकपा एमालेबीच देखिएका विवाद समाधान गर्न गठित कार्यदलले गरेको सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।
नेपाल पक्ष नेताहरुको समेत सक्रिय सहभागितामा गरिएको कार्यदलको निर्णयप्रति नेता नेपालले नै असन्तुष्टि जनाएका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको फैसला प्रभावित गर्नका लागि रातारात सहमति गरिनु गलत भएको भन्दै नेता नेपालले असन्तुष्टि जनाएको उनी निकट नेताहरुले बताएका छन् ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने दिन तोकेको छ । त्यसको अघिल्लो राति सवा १० बजे सिंहदरवारमा बसेको कार्यदल बैठकले पार्टीलाई एकतावद्ध राख्न १० बुँदे सहमति गरेका थिए ।
सो सहमति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन गर्नेमा आशंका समेत गरेको नेता नेपाल निकट स्रोतले बताएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।