नेकपा एमालेको कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गर्दै आज सहमतिको घोषणा गर्ने तयारी गरेको छ ।
सिंहदरबारमा शनिबार बसेको कार्यदल बैठकमा असहमतिका केही विषयलाई टुङ्ग्याएको र आज सहमतिको घोषणा हुने नेताहरूले जनाएका छन् । शनिबार साँझ बसेको बैठकले एकताका सम्पूर्ण विषय टुङ्ग्याएको र आइतबार बिहान एकताको सन्देश दिने नेताहरूले बताएका थिए ।
कार्यदलमा केही औपचारिक काम मात्र बाँकी रहेको भन्दै पार्टीलाई एकताबद्ध गर्न दुवै पक्षले इमान्दार प्रयत्न गरेको कार्यदलका सदस्य गोकर्ण विष्टले जनाए । त्यस्तै एमाले नेता भीम रावलले कार्यदल अन्तिम विन्दुमा रहेको र छिटै निष्कर्षमा पुगिने बताए ।
अर्का नेता सुवास नेम्वाङले सहमतिको सबै काम टुङ्गिएको जानकारी दिए । तीन वर्षअघिदेखि देखिएको विवाद टुङ्ग्याउनका लागि केही समय लागेको उनको भनाइ छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।