काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधान गरी एकता कायम राख्न गठित कार्यदल सहमति नजिक पुगेको छ।
शुक्रबार ७ घन्टाभन्दा लामो समय अर्थमन्त्रालयमा भएको छलफल सहमति नजिक पुगेको र भाषिक लगायतका केही विषय परिर्माजन गरेर आज सहमतिलाई अन्तिम रुप दिइने कार्यदलका सदस्यहरूले बताएका छन्।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदल २ जेठ, २०७५ को अवस्थामा फर्किने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे सहमति नजिक पुगेको हो।
यद्यपि दुबै पक्षले थप छलफल गरेर शनिबार बैठक बस्ने सहमति भएको भन्दै थप सहमतिका विषय खुलाएनन्। कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा आफूहरु लगभग सहमति नजिक पुगेको बताए।
सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि छलफल गर्नुपर्ने बाँकी रहेको भन्दै उनले अहिले रहेका प्रश्नलाई सहमतिको विन्दुमा ल्याइपुर्याएको बताए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।