

काठमाडौं। देशभर पछिल्लो २४ घन्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार ५ हजार ३७४ पीसीआर परीक्षणमा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षणमा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ भने ९ हजार ३२० जनाको मृत्यु भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय