• थप २,६३४ सङ्क्रमण पुष्टि, १५ जनाको मृत्यु

  • काठमाडाैं। नेपालमा थप दुई हजार ६३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८७ हजार १९५ पुगेको छ।

    सात हजार ५०३ जनाको पीसीआर परीक्षण तथा पाँच हजार ८२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट एक हजार ७१८ तथा एन्टिजेनबाट ९१६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    हालसम्म छ लाख १२ हजार ९९४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६५ सङ्क्रमित निको भएर घर फर्किएका छन्।

    काठमाडौं उपत्यकामा पछिल्लो समय ४९९ सङ्क्रमित थपिएका छन्। काठमाडौंमा ३६५, ललितपुरमा १०५ तथा भक्तपुरमा २९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १५ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २६३ पुगेको मन्त्रालयले जनाएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय