• जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सवारी साधनकाे संख्या न्युन

  • काठमाडाैं। काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएन।

    सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यका बाहिर गएकाले धेरै सवारी आजदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

    हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारी साधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए।

    गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि दुई दिनसम्म उपत्यका बाहिर जानेका लागि समय दिइएकाले चालक, परिचालकलगायत धेरै मानिसले उपत्यका छाडेका थिए।

    आन्तरिक उडान खुला भइसक्दा पनि काठमाडौं उपत्यका बाहिर जाने लामो दूरीका सार्वजनिक यातायात नखोल्नु ठीक नभएको बताउँदै महासंघले आपत्ति जनाउँदै आएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस