• काठमाडौँमा हट्यो सवारीमा लगाइएको जोर बिजोर प्रणाली

  • काठमाडौं । काठमाडौं उपत्यकाभित्र सार्वजनिक तथा निजी सवारी साधनमा लगाइँदै आएको जोर–बिजोर प्रणाली हटेको छ । आजदेखि जोर–बिजोर प्रणाली हटाइएको हो । कोरोना संक्रमण कम हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइक्रो, टेम्पोलगायत साना सवारी साधन पनि सञ्चालन गर्न दिएको छ ।

    सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो । स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने छ । यातायात व्यवसायीको माग र चर्को दबाबपछि जोर–बिजोर प्रणाली हटाइएको हो भने साना सवारी सधान पनि सञ्चालन गर्न दिइएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय