काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा हालेको रिट निवेदनबाट पार्टीका सांसदका हस्ताक्षर फिर्ता गराउन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको समय सीमा (अल्टिमेटम) आज सकिँदै छ।
प्रतिनिधि सभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गर्दै १४६ सांसदले अदालतमा दर्ता गराएको रिट निवेदनमा नेपाल पक्षका पनि २३ सांसदले हस्ताक्षर गरेका छन्।
तसर्थ पार्टी एकता गर्ने हो भने ती हस्ताक्षर आज सोमबार अपराह्न ५ बजेभित्र फिर्ता लिन प्रधानमन्त्री ओलीले नेपाल पक्षका सांसदलाई निर्देशन दिएका हुन्। अन्यथा उनीहरू एमाले नेतारकार्यकर्ता नरहने चेतावनी पनि उनले दिएका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।