काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो साता कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति माग गरेको छ।
बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले साउनको तेस्रो या चौथो सातामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताए।
बोर्डले कोरोना संक्रमणदर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गरेको जनाएको छ।
बोर्डले यसवर्ष शतप्रतिशत लिखित परीक्षा लिने तयारी गरेको छ। गत वर्ष आन्तरिक मूल्यांकनलाई समेत अन्तिम मूल्यांकनको आधार बनाएको थियो।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय