काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।
बैठकको दोस्रो दिन महासचिव ईश्वर पोखरेलले संगठनात्मक एजेण्डा प्रस्तुत गरेका छन्। संगठनात्मक प्रस्तावमा पार्टीको विधान, महाधिवेशन, राष्ट्रिय प्रतिनिधि परिषद् गठन र सदस्यता नवीकरणलगायतका विषय छन्।
बैठकमा पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकाे समूह भने सहभागी छैन। शुक्रबारको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थिएन।
शुक्रबारको बैठकले विपक्षी नेता शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दिएको रिटमा हस्ताक्षर गरेका २३ जना निवर्तमान सांसदलाइ हस्ताक्षर फिर्ता लिन २ दिनको समय दिएको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।