• २३ सयमा कोरोना पुष्टि, ३ हजारले जिते काेराेना

  • काठमाडाैं । नेपालमा पछिल्लोझ २४ घण्टाको अवधिमा थप २ हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३३ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    त्यस्तै आज ३ हजार ६६ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ ।

    नेपालमा थप १९ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ११८ पुगेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस