नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा उपाध्यक्ष बामदेव गौतम बैठकमा सहभागी भएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन । बिहीबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसँग टेलिफोनमा कुराकानीगरे बैठकमा सहभागी हुन नेता नेपाललाई ओलीले आग्रह गरेका थिए । तर, नेपालले ओलीको आग्रह अस्वीकार गरे ।
माधव नेपाल समूहले बिहीबार नै केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । ओलीले आजका लागि बोलाएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै नेपाल समूह सहभागी नहुने भएको हो ।
बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।