काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल समूह अध्यक्ष केपी शर्मा ओलीले १८ असारका लागि बोलाएको बैठकमा सहभागी नहुने भएको ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै नेपाल समूह सहभागी नहुने भएको हो । नेपाल समूहको बैठक बिहीबार बसेको थियो ।
बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।
सोही विषयमा छलफल गर्न बिहीबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले सो बैठकमा नजाने निर्णय गरेको हो ।
केन्द्रीय कमिटीको बैठक नै अवैध कमिटीले बोलाएको बैठक पार्टी एकताको पक्षमा नभएको भन्दै पार्टी एकता बचाउन इमान्दार भएर अगाडि बढाउन र सोही अनुसार बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान गरेको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।