• ‘माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र? : ओली

  • काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालमाथि गालीगलाैजपूर्ण अभिव्यक्ति दिएका छन्।

    शनिबार विपक्षी मोर्चाले गरेको पत्रकार सम्मेलनमा आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीको प्रस्ताव आए पनि गठबन्धनलाई धोका नदिने बताएको विषयलाई लिएर नेता नेपालमाथि जाइलागेका हुन्।

    प्रधानमन्त्री ओलीले आफूले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको दाबी गरेका छन्।

    जननेता मदनकुमार भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रश्न गरे, “माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्। अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर। मलाई बहुला कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?”

    प्रधानमन्त्री ओलीले भने, “माधव नेपाललाई कानमा भजनको चिनी हालिदिएको मन पर्छ। कहिले शेरबहादुर देउवा र कहिले प्रचण्डले त्यस्तो चिनी हालिदिएका छन्।”

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय