

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेको मन्त्रालयले जनाएको छ । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३००७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। यस्तै संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय