• चिनियाँ रोभर जुरोङले मंगलबाट पठाएका भिडिओ सार्वजनिक

  • बीबीसी । चीनको अन्तरिक्ष निकायले जुरोङ रोभर मंगल ग्रहको सतहमा हिँडिरहेको भिडिओ सार्वजनिक गरेको छ। ती तस्बिरहरू सो रोबटले जमिनमा जडान गरेको वायरलेस क्यामेराबाट खिचेको हो ।

    जुरोङले मे महिनामा मंगल ग्रहमा गरेको अवतरण उसको प्याराशुट प्रणालीको कार्यान्वयन र जमिनमा छोएको क्षण पनि सार्वजनिक गरिएको छ। छ पाङ्ग्रे सो रोबटले युटोपिया प्लानिसिया भन्ने क्षेत्रको अन्वेषण गरिरहेको छ।

    चीनको अन्तरिक्ष सम्बन्धी निकाय द चाइना नेशनल स्पेस एजेन्सी (सीएनएसए)का अनुसार जोरुङले ४२ मंगल सोल्स अर्थात् त्यहाँको ४२ दिनमा २३६ मिटर गुडेको छ। सोल भनेको मंगलको एक दिन हो। मंगलको एक दिन २४ घण्टा ३९ मिनेटको हुन्छ।
    रातो ग्रह पनि भनिने मंगललाई परिक्रमा गरिरहेको तियानवेन–१ स्याटलाइटले नयाँ तस्बिरहरू पृथ्वीमा पठाएको हो।

    सीएनएसको प्रेस विज्ञप्तिमा भनिएको छ,‘अर्बिटर र मंगलमा अवतरण गरेको रोभरबीच राम्रो काम भइरहेको छ। रोभरले मङ्गलबाट मातृभूमिमा सन्देशहरू पठाइरहेको छ पार्टीको शतवार्षिकी सन्दर्भमा दूरको आशीर्वाद पठाइरहेको छ ।“

    जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टी संस्थापनाको १०० वर्ष उत्सव पनि हो। १४ मे मा अवतरण गरेपछि भिडिओ आउला भन्ने अपेक्षा राखिएको थियो।
    रोभरको प्याराशुट प्रणालीका केही तस्बिरहरू गत हप्ता सार्वजनिक गरिएको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस