काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी रहनेछ । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमा अहिले निवेदक पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदक पक्षका लागि सुरुमा १२ घण्टा समय दिइएको छ । शुक्रबारको बहस सकिंदा रिटको पक्षबाट बहस गर्नका लागि अब २ घण्टा ३५ मिनेट बाँकी छ । आज रिट निवेदक पक्षको बहस सकिंदैछ ।
शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।
रिट निवेदक पक्षको बाँकी समय सकिएपछि विपक्षीका तर्फबाट बहस गर्न १५ घण्टाको समय तोकिएको छ । त्यसपछि विपक्षीका कानुन व्यवसायीले उठाएका सवालमाथि जवाफ दिन निवेदक पक्षलाई ३ घण्टाको समय दिइएको छ ।
संवैधानिक इजलासमा यही असार ९ गतेबाट रिट निवेदक पक्षको बहस सुरु भएको थियो
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।