• मन्त्री बनाउने अधिकार सर्वाेच्चकै होर : सूर्य थापा

  • काठमाडौं । सर्वोच्च अदालतको मंगलवारको एक निर्णयले नेपाली राजनीतिमा धेरैको चासो बढेको छ । विभिन्न दलका नेताहरुले सर्वोच्च अदालतको निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् । यसैक्रममा सरकारको तर्फबाट आधिकारिक कुनै टिप्पणी नभएपनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् ।

    उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु भन्दै प्रश्न गरेका छन् । त्यसैगरि उनकै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु भन्दै अर्को प्रश्न गरेका छन् । थापाले भनेका छन्, ‘देउवालाई २०७४ अधिकार थियो,अहिले ओलीलाई छैन? प्रतिष्ठा कायम रहोस्, बस !’ मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ? भन्दै उनले प्रश्न गरेका छन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय