• प्रहरीमा एक एआईजीको दरबन्दी थप, थापा र सिंह मूख्य प्रतिस्पर्धी

  • काठमाडौं । नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा एक एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

    प्रहरीमा हाल प्रशासनतर्फ चार एआईजीको कार्यरत छन् । सोमबार एक दरबन्दी थप भएसँगै अव प्रहरीमा पाँच दरबन्दी हुने भएको छ ।

    थपिएको एआईजी बढुवाको लागि १० जना डिआईजीहरु प्रतिस्पर्धामा छन्। हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याचमेटहरु डिआईजी ईश्वरबाबु कार्की, डिआईजी प्रकाशजंग कार्की, डिआईजी घनश्याम अर्याल र डिआईजी वसन्त कुमार पन्त प्रतिस्पर्धी हुन् ।

    त्यस्तै उनीहरुकै ब्याचका वैकल्पिक डीआईजी सहकुल थापा, धीरजप्रताप सिंह, बसन्त लामा, रवीन्द्र धानुक, उत्तम सुवेदी र अरुण बिसी पनि एआईजी प्रतिस्पर्धी हुन् ।
    थपिएको एक दबन्दीमा डीआईजी सहकुल थापा र धिरजप्रताप सिंह मध्ये एक जनालाई बढुवा गर्ने तयारी सरकारको छ ।

    यो बढुवासँगै भावी आईजीपीको खेलमा समेत परिवर्तन हुनेछ । हालका आईजीपी शैलेश थापा क्षेत्रीले ९ महिनापछि १७ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।

    क्षेत्रीपछि आईजीपीको लागि एआईजी विश्वराज पोखरेल एक्ला दाबेदार थिए । यसअघि पोखरेलले राजनीतिक एआईजीको एक दरबन्दी थप गरेर बढुवा भएका थिए । अब उनै व्याचिमध्ये एक जना एआईजी बढुवा भए आईजीपीको प्रतिस्पर्धा रोचक हुनेछ । पोखरलको ब्याचले ११ चैत २०४९ मा प्रहरी संगठनमा प्रवेश गरेका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय