नेकपा (एमाले)को झलनाथ खनाल–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले एमालेलाई एकताबद्ध बनाउन ६ बुँदे सुझाव दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरू संकटमा परेको उल्लेख गर्दै यसलाई बचाउन ६ बुँदे सुझाव दिएका हुन् ।
अहिले नेकपा एमालेभित्र घात–प्रतिघात, गुट–उपगुट, विश्वास–अविश्वास, कारबाही–प्रतिकारबाही, समर्थन–विरोधजस्ता क्रियाकलापहरू भइरहेका उनले उल्लेख गरेका छन् । उनले यो सबैको कारण गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिलाई औँल्याएका छन् ।
‘यतिबेला नेकपा विभाजन र एमालेभित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति विथोलिएको छ । २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेका छन् । अहिले नेकपा एमालेभित्र घात–प्रतिघात, गुट–उपगुट, विश्वास–अविश्वास, कारबाही–प्रतिकारबाही, समर्थन–विरोधजस्ता क्रियाकलापहरु भइरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य स्रोत हो,’ उनले भनेका छन् ।
–प्रचण्ड भन्छन् – संविधानलाई सही बाटामा हिँडाइन्छ
यस्ता छन् उनका सुझाव
यतिबेला नेकपा विभाजन र एमाले भित्रको किचलोले सिंगो राष्ट्रिय राजनिति बिथोलिएको छ । २०६२/६३ को जनक्रान्ति ले ल्याएका उपलब्धिहरू संकटमा परेका छन् ।
अहिले नेकपा एमालेभित्र घात-प्रतिघात, गुट उपगुट, विश्वास-अविश्वास, कारबाही-प्रतिकारबाही, समर्थन-विरोधजस्ता क्रियाकलापहरू भइरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरू यसको मुख्य श्रोत हो । यसको अन्त्यको निम्ति निम्न कार्य गर्न आवश्यक छ ।
(१) पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रक्रियाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरू तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ । सार्वभौम सदस्यहरूबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।
(२ ) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरू खारेज गरिनुपर्छ र गरिएका सबै कामहरू void घोषणा गर्नु पर्दछ ।
(३) पार्टीभित्रका गुटहरूको टकरावका कारण यसबीच भयका द्वन्द्व र कामहरूको उपर्युक्त समयमा समीक्षा गर्दै भएका कमीकमजोरीहरू सच्याएर अगाडि बढ्ने प्रतिवद्धता आवश्यक छ ।
(४) आगामी दिनहरूमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरूको एकतावद्ध भएर सामना गर्नुपर्दछ ।
(५) पार्टीलाई विधि-विधान र स्थापित मान्यताहरूका आधारमा संचालन गर्नुपर्दछ ।
(६) नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनतावोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकतावद्ध बनाउने र सबै वामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरूसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्ति का उपलब्धिहरू रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।